धनुषामा मोटरसाइकल दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु
धनुषामा मोटरसाइकल दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका १२ को गौनरपुरामा सोमबार साँझ ६७३९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परेर चार जनाको मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । मृत्यु हुनेहरुमा सबैला नगरपालिका २ बस्ने १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, १२ वर्षीय विकास यादव र १४ वर्षीय सुमित यादव छन् । दुर्घटनामा १९ वर्षीय सुरेन्द्र यादव गम्भीर घाइते भएका छन् ।
दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । उनले भने, ‘आफै दुर्घटना भयो वा अन्य केही भयो भन्ने एकिन भैसकेको छैन । के कसरी यस्तो भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’ एउटा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको कसरी मृत्यु भयो भन्ने बारेमा समेत अनुसन्धान भैरहेको बताइएको छ ।
बस्नेतले मृतकको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएको बताए । घाइतेको पनि सोही उपचार अस्पतालमा भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण