धनुषामा मोटरसाइकल दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका १२ को गौनरपुरामा सोमबार साँझ ६७३९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परेर चार जनाको मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । मृत्यु हुनेहरुमा सबैला नगरपालिका २ बस्ने १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, १२ वर्षीय विकास यादव र १४ वर्षीय सुमित यादव छन् । दुर्घटनामा १९ वर्षीय सुरेन्द्र यादव गम्भीर घाइते भएका छन् ।
दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । उनले भने, ‘आफै दुर्घटना भयो वा अन्य केही भयो भन्ने एकिन भैसकेको छैन । के कसरी यस्तो भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’ एउटा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको कसरी मृत्यु भयो भन्ने बारेमा समेत अनुसन्धान भैरहेको बताइएको छ ।
बस्नेतले मृतकको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएको बताए । घाइतेको पनि सोही उपचार अस्पतालमा भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने