बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसमा गठबन्धन बहसः गण्डकी र कर्णाली प्रदेश प्रमुख विपक्षमा

मङ्गलबार, १५ चैत २०७८, ११ : ४६
मङ्गलबार, १५ चैत २०७८

नेपाली काँग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा बहस जारी रहँदा गण्डकी र कर्णाली प्रदेशका पार्टी सभापतिसहित शीर्ष नेता स्पष्ट भएर विपक्षमा उभिने भएका छन् ।

नेकपा एमाले बलियो रहेको तर्क गर्दै सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरे जानुपर्ने धारणाप्रति असहमति जनाउँदै गण्डकी र कर्णाली प्रदेशका प्रदेश सभापति विपक्षमा उभिने भएका हुन् ।

शेखर कोइराला समूहका अधिकांश नेता गठबन्धन गरेर गएमा काँग्रेसको पहिचान गुम्ने जनाउँदै विपक्षमा मत प्रकट गरिरहेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् । ‘शेखर कोइराला समूहका अधिकांश नेता गठबन्धनको विपक्षमा रहनु भएको छ,’ गौतमले भनिन, ‘गण्डकीका शुक्रराज शर्मा र कर्णाली प्रदेशका प्रमुख ललितजंग शाही पनि विपक्षमा देखिनु भएको छ ।’ 

कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रमा कोइराला, प्रकाश स्नेही, टेकबहादुर गुरुङलगायतका नेताहरु बिपक्षमा मत प्रकट गरेको गौतमले जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप