टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु
मङ्गलबार, १५ चैत २०७८, १४ : ५५
बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ ।
कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरिएको उनले बताए । ठक्कर दिइने टिप्पर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण