डोटीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु
मङ्गलबार, १५ चैत २०७८, १७ : २५
डोटीको पूवीचौकी गाउँपालिका–७ सिमकट्टेमा मंगलबार ट्रयाक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टरका परिचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका–४ चौमालाका २५ वर्षीय ज्ञान बहादुर चौधरी रहेका छन् ।
दुर्घटनामा परी ट्रयाक्टरका परिचालक अछामको चौरपाटी नगरपालिका–३ का २४ वर्षीय नर बहादुर भुल गम्भीर घाइते भएका छन् । भुलको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।
डोटीको गजाडाबाट चौखुट्टेतर्फ जाँदै गरेको से १ त ७८३९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सानागाउँ डोटीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण