म बाँझो खेततर्फ फर्किन चाहन्छु, सुझाव चाहियो : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले आफू बाझो खेततर्फ फर्किन चाहेको र त्यसका लागि विज्ञहरूबाट सुझाव खोजेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेको तयारीको सन्दर्भमा विज्ञहरुसँग छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
आगामी आर्थिक वर्षको बजेट तयारी गर्दै गरेको सरकारले मुलुकको कृषि व्यवसाय, कृषकको जीवनस्तर सुधार्ने सन्दर्भमा र रोजगारी सिर्जना गर्ने सन्दर्भमा कसरी काम गर्न सकिन्छ भनेर लागि रहेको बताउँदै अर्थमन्त्री शर्माले सोका लागि सुझाव दिन आग्रह गरे ।
'हाम्रो जस्तो आयातमुखी अर्थतन्त्रमा समस्या छ, उत्पादनको समस्या छ, रोजगारीको समस्या छ , यावत् कुराको समस्या छ । तर, समस्या छ भनेर समस्याकै मात्र कुरा गर्ने होइन त्यसको समाधानको उपाय पनि खोजि गर्नुपर्छ । अहिले म यता तर्फ केन्द्रित भइरहेको छु', अर्थमन्त्री शर्माले भने, 'यसैबीच म बाझो खेततर्फ फर्किन चाहिरहेको छु, यसमा विज्ञहरुको सल्लाह सुझाव चाहन्छु ।'
बजेट तर्फ इंगित गर्दै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट भोटमुखी नभएर जनमुखी र व्यवहारमुखी ल्याउन लागेको बताए । सोही अबसरमा अर्थमन्त्री शर्माले अहिलेको आर्थिक कठिन अवस्था आन्तरिक कारणले नभएर बाह्य कारणले आएको बताए । शक्ति राष्ट्र रुस र युक्रेन युद्धको प्रभाव अहिले विश्वमा कसले कमाउने र कसले गुमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको र सोको दबाब नेपालले समेत भोग्नु परिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण