म बाँझो खेततर्फ फर्किन चाहन्छु, सुझाव चाहियो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आफू बाझो खेततर्फ फर्किन चाहेको र त्यसका लागि विज्ञहरूबाट सुझाव खोजेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेको तयारीको सन्दर्भमा विज्ञहरुसँग छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
आगामी आर्थिक वर्षको बजेट तयारी गर्दै गरेको सरकारले मुलुकको कृषि व्यवसाय, कृषकको जीवनस्तर सुधार्ने सन्दर्भमा र रोजगारी सिर्जना गर्ने सन्दर्भमा कसरी काम गर्न सकिन्छ भनेर लागि रहेको बताउँदै अर्थमन्त्री शर्माले सोका लागि सुझाव दिन आग्रह गरे ।
'हाम्रो जस्तो आयातमुखी अर्थतन्त्रमा समस्या छ, उत्पादनको समस्या छ, रोजगारीको समस्या छ , यावत् कुराको समस्या छ । तर, समस्या छ भनेर समस्याकै मात्र कुरा गर्ने होइन त्यसको समाधानको उपाय पनि खोजि गर्नुपर्छ । अहिले म यता तर्फ केन्द्रित भइरहेको छु', अर्थमन्त्री शर्माले भने, 'यसैबीच म बाझो खेततर्फ फर्किन चाहिरहेको छु, यसमा विज्ञहरुको सल्लाह सुझाव चाहन्छु ।'
बजेट तर्फ इंगित गर्दै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट भोटमुखी नभएर जनमुखी र व्यवहारमुखी ल्याउन लागेको बताए । सोही अबसरमा अर्थमन्त्री शर्माले अहिलेको आर्थिक कठिन अवस्था आन्तरिक कारणले नभएर बाह्य कारणले आएको बताए । शक्ति राष्ट्र रुस र युक्रेन युद्धको प्रभाव अहिले विश्वमा कसले कमाउने र कसले गुमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको र सोको दबाब नेपालले समेत भोग्नु परिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिको विषय संसद्मा प्रवेश
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !
-
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई पालिकाकाे सम्मान
-
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र