मोटरसाइकलमा निगरानी गरेर सुन चोर्ने दाजुभाई पक्राउ
मोटरसाइकलमा निगरानी गरेर सुन चोर्ने दाजुभाई पक्राउ परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ सितलपाटी घर भएका २४ वर्षका राजेश पाख्रीन र मनोज पाख्रीन दाजुभाई हुन् । ललितपुरको चापागाउँ बस्ने दाजुभाईलाई प्रहरीले सुन चोरेको आरोपमा पक्राउ गरेको छ ।
काठमाडौंको नरेफाँट, जडिबुटी र भक्तपुरको लोकन्थली क्षेत्रमा सुन चोरीमा संलग्न आरोपमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरले उनीहरुलाई पक्राउ गरेको हो । चैत १३ मा काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित कामख्य पेट्रोल पम्प नजिकै तिलमाया मगरको डेराबाट उनीहरुले सुन चोरेको आरोप छ ।
सो चोरी अनुसन्धान गर्दै जाँदा पाख्रीन दाजुभाइले कोटेश्वर, नरेफाँट र भक्तपुरमा सुन चोर्ने गरेको थाहा भएको छ । प्रहरीले उनीहरुको साथबाट ७ लाख ५९ हजार बराबरको चोरीका गहना बरामद गरेको छ । मोटरसाइकलमा चढेर निगरानी गर्ने उनीहरु मुलगेट खुल्ला भएको घरमा पसेर चोर्ने गर्थे । मनोजले मोटरसाइकल चलाउने र राजेश पाख्रीन घरमा छिरेर चोर्ने गरेको थाहा भएको छ ।
चोरीका गहना उनीहरुले बसपार्कमा लगेर सुन पसलेलाई बेच्ने गरेका थिए । उनीहरुविरुद्ध चोरी मुद्दामा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राइभिङ लाइसेन्स छापिसक्न अझै डेढ वर्ष लाग्छ : मन्त्री महासेठ
-
डिसेम्बरमा मरेको मान्छेले जनवरीमा जमानत मागेपछि....
-
दोस्रो बलमै आउट भए आसिफ शेख
-
प्रभावकारी बन्दै हेटौँडाको न्यायिक समिति, नौ महिनामा १२७ उजुरी मिलापत्र
-
दुब्लो पातलो हुनु हुन्छ ? मोटाउन चिकेन–मटनको ठाउँमा खानुस् यी शाकाहारी खानेकुरा
-
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत