मोटरसाइकलमा निगरानी गरेर सुन चोर्ने दाजुभाई पक्राउ
मोटरसाइकलमा निगरानी गरेर सुन चोर्ने दाजुभाई पक्राउ परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ सितलपाटी घर भएका २४ वर्षका राजेश पाख्रीन र मनोज पाख्रीन दाजुभाई हुन् । ललितपुरको चापागाउँ बस्ने दाजुभाईलाई प्रहरीले सुन चोरेको आरोपमा पक्राउ गरेको छ ।
काठमाडौंको नरेफाँट, जडिबुटी र भक्तपुरको लोकन्थली क्षेत्रमा सुन चोरीमा संलग्न आरोपमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरले उनीहरुलाई पक्राउ गरेको हो । चैत १३ मा काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित कामख्य पेट्रोल पम्प नजिकै तिलमाया मगरको डेराबाट उनीहरुले सुन चोरेको आरोप छ ।
सो चोरी अनुसन्धान गर्दै जाँदा पाख्रीन दाजुभाइले कोटेश्वर, नरेफाँट र भक्तपुरमा सुन चोर्ने गरेको थाहा भएको छ । प्रहरीले उनीहरुको साथबाट ७ लाख ५९ हजार बराबरको चोरीका गहना बरामद गरेको छ । मोटरसाइकलमा चढेर निगरानी गर्ने उनीहरु मुलगेट खुल्ला भएको घरमा पसेर चोर्ने गर्थे । मनोजले मोटरसाइकल चलाउने र राजेश पाख्रीन घरमा छिरेर चोर्ने गरेको थाहा भएको छ ।
चोरीका गहना उनीहरुले बसपार्कमा लगेर सुन पसलेलाई बेच्ने गरेका थिए । उनीहरुविरुद्ध चोरी मुद्दामा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण