बिमस्टेक बडापत्र पारित, तीनवटा सम्झौतामा हस्ताक्षर
श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन् । सम्मेलनले तीनवटा नयाँ सम्झौता अनुमोदन गरेको छ । तीमध्ये दुईवटा सम्झौतापत्रमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको तर्फबाट हस्ताक्षर गरेका थिए ।
परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका सम्झौतामा आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी बिमस्टेक महासन्धि र श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आबद्धता रहेका छन् । त्यसैगरी, परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले ‘बिमस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाहरूबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण