जनताको आवश्यकता सम्बोधन नै लोकतन्त्रको संस्थागत : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताएकी छन् । उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुनःनिर्माण गरिएको प्राचीन कालिका मन्दिरको आज उद्घाटन गर्दै नेपाली जनताको ठूलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक–सामाजिकरूपान्तरण हासिल गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताइन् । ‘संविधानको यस भावनालाई आत्मसात गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्दछ’ उनले भनिन् ।
भण्डारीले स्थानीय तहमा भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्ने बताइन् । उनले भनिन्, “हरियाली प्रवर्धन गर्ने, पानीका मूल बचाउने एवं जैविक विविधताको रक्षा गर्ने कार्यबाट मात्र हामीले यस सुन्दर धर्तीलाई भावी पुस्ता समेतका लागि सुरक्षित बनाउन सक्दछौँ ।”
उनले स्थानीय तहका प्रतिनिधिका साथै सम्बद्ध सबै पक्षमा विकाससम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्पका लागि विशेष आह्वान गरिन् । भण्डारीले जनप्रतिनिधिले नागरिकलाई शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवं सरसफाइजस्ता आधारभूत सेवा सरल र सहज रूपमा उपलब्ध गराउने विषय सबैको गम्भीर सरोकारको विषय बन्नुपर्ने बताइन् ।
उनले भूकम्पले भत्काएका सम्पदा अझ बलियो र स्थायी रूपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास अझ बलियो भएको दोहोर्याइन् । उनले भनिन्, “विश्व शान्तिका प्रवर्तक भगवान् बुद्धको नामबाट सुशोभित तथा सांस्कृतिक तथा पुरातात्विक सम्पदाले सम्पन्न नमोबुद्ध नगरमा पुनर्निर्मित ऐतिहासिक कालिका मन्दिरले आफ्नो सांस्कृतिक तथा ऐतिहासिक गौरव कायम राखेकोमा खुसी भएको छु ।”
भण्डारीले नगरले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षा, सामुदायिक विद्यालयका बालबालिकाका लागि दिवा खाजा, पर्यटन तथा कृषि क्षेत्रको उन्नयनमा निरन्तर काम गरेको चर्चा गरिन् । “विश्व सम्पदा सूचीमा सामेल हुन आवश्यक पूर्वाधारको निर्माणमा तपाईंको प्रयास फलदायी हुने मैले अपेक्षा लिएको छु”, उनले भनिन् । उनले मन्दिर उद्घाटन पश्चात उक्त मन्दिरमा पुर्जा अर्चना गरेकी थिइन् ।
सो अवसरमा नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त उक्त मन्दिर पुरातत्व विभागको रु एक करोड ४० लाख, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ६० लाख तथा नमोबुद्ध नगरको रु चार लाख गरी रु दुई करोड चार लाखमा निर्माण सम्पन्न भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण