चितवनमा बसको ठक्करबाट दम्पतीको मृत्यु
बुधबार, १६ चैत २०७८, २१ : ४२

चितवनमा बसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रत्ननगर नगरपालिका २ घर भएका ५५ वर्षीय निरन्जन श्रेष्ठ र उनकी ५० वर्षीय मिनतारा श्रेष्ठ छन् ।
बुधबार चितवनको रत्ननगर नगरपालिका ९ भानुचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले उनीहरु चढेको बागमती प्रदेशको ०३–००२–१८९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु भएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका दम्पतीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त
-
टायल्समा उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?
-
एनआरएनएको मुद्दा पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश, अब के हुन्छ ?
-
बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ
-
प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने
-
पूँजी वृद्धिका लागि २ वर्ष समय थप गर्न स्टक ब्रोकर एसोसिएसनको माग