चितवनमा बसको ठक्करबाट दम्पतीको मृत्यु
बुधबार, १६ चैत २०७८, २१ : ४२
चितवनमा बसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रत्ननगर नगरपालिका २ घर भएका ५५ वर्षीय निरन्जन श्रेष्ठ र उनकी ५० वर्षीय मिनतारा श्रेष्ठ छन् ।
बुधबार चितवनको रत्ननगर नगरपालिका ९ भानुचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले उनीहरु चढेको बागमती प्रदेशको ०३–००२–१८९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु भएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका दम्पतीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण