छातीमा जलन हुन्छ ? यस्ता छन् समाधानका उपायहरु
खाना खाइसकेपछि छातीमा जलन हुनुलाई एसिड रिप्लक्स भनिन्छ । पेटमा भएको एसिड अन्ननली वा घाँटीतिर जाँदा घाँटी र छातीमा जलन पैदा हुन्छ । अमेरिकामा १५ जनामध्ये एक जनामा एसिड रिफ्लक्सको समस्या भएको पाइएको छ । यो समस्याबाट छुटकारा पाउन धेरै उपचार खर्च गर्ने गर्छन् । स्वास्थ्य विशेषज्ञले यस्तो समस्याबाट छुटकारा पाउन घरेलु उपायहरु अपनाउन सकिन्छ ।
यो समस्या रातिमा धेरै हुन्छ । रातिमा ओछ्यानमा पल्टिँदा पेटमा भएको एसिड घाँटीतर्फ बग्न सहज हुन्छ । त्यसैले स्लिपिङ प्याटर्न परिवर्तन गर्न आवश्यक हुन्छ । सन् २०११ मा प्रकाशित एउटा अध्ययनले सिरानीको उचाइ ८ इन्च राख्दा यो समस्याबाट बच्न सकिने उल्लेख गरेको छ ।
लिकोराइस एक प्रकारको जडिबुटी हो । यसको प्रयोग पेटसम्बन्धी समस्याहरुबाट बच्नका लागि प्रयोग गरिँदै आएको पाइन्छ । डिग्लाइकाइरिजेनेटिड लिकोराइसको परिवर्तित रुप हो । जसमा लिकोराइसमा हुने ग्लाइसीराइजिन कम्पाउण्ड हटाइएको हुन्छ । किनकी यसले रक्तचाप बढाउन सक्छ । डिजिएलले अन्ननलीमा हुने एसिड रिफ्लक्समा आराम दिलाउँछ । यसका साथै, अदुवा, क्यामोमाइल र मार्शम्यालेसँग जोडिएर फाइदा गर्छ ।
एक पटकमा धेरै खानेकुरा सेवन गर्दा स्फिंक्टरमा दबाव पैदा हुन्छ । जसले अन्ननलीलाई अलग राख्छ । यसले स्फिंक्टर खोलिने सम्भावना बढ्छ । जसकारण एसिड रिफ्लक्सको फ्लो माथितिर बढ्न थाल्छ । त्यसैले एकैपटकमा धेरै खानेभन्दा पनि विस्तारै खाने गर्नुपर्छ ।
कफी पिउने बानी छ भने यसको सेवन कम गर्नुपर्छ । यसले पेटमा धेरै एसिड पैदा गर्छ । क्याफिनले हाम्रो लोअर ऐसोफ्यागल स्फिंक्टर पनि कमजोर बनाइदिन्छ र पेटमा समस्या पैदा गर्छ ।
चीज, फ्राई फुड, प्रोसेस्ड फुड, चिप्स, फ्याटी मिट, बेकन, चकलेट, खुर्सानीको पाउडर, पिज्जा जस्ता खानेकुरा खान बन्द गर्नुपर्छ । भने, काउली, सौंप र केरा जस्ता खानेकुरा धेरै खाने गर्नुपर्छ । यस्तै, धेरै फाइबरको सेवनले पनि यो समस्याबाट बचाउँछ ।
खाना खाइसकेपछि लगभग तीन घण्टा सीधा उभिने गर्दा एसिड रिफ्लक्सको समस्या कम हुन सक्छ । खाना खाएपछि केही समय सीधा उभिनु नै यसको सही उपचार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
-
सरकारले संकलन गर्यो ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी
-
बालेन सरकारको एक्सनः ११८ अर्बको बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा
-
विश्वकप पावर र्याङ्किङः अर्जेन्टिना शीर्षबाट ओर्लिँदा फ्रान्स र स्पेनले बनाए दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण