काँग्रेस गठबन्धनको विपक्षमा छैन, अप्ठ्यारोसँग भाग्दिनँ : देउवा
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धनको विपक्षमा नरहेको प्रस्ट पारेका छन् । बिहीबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको केन्द्रीय समिति बैठकले नै गठबन्धन कायम राख्ने निर्णय गरेको भन्दै काँग्रेस गठबन्धनको पक्षमा रहेकोमा दुइमत नरहेको बताएका हुन् ।
‘अहिले गठबन्धनको कुरा उठेको छ । हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा कुनै दुई मत छैन’, देउवाको भनाइ छ । उनले काँग्रेस गठबन्धनको विपक्षमा कुनै हालतमा जान नसक्ने पनि बताए । ‘हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन’, देउवाले गठबन्धन अझ एकतावद्ध बनाएर लैजान प्रतिवद्ध रहेको दावी गरे ।
‘हामी अझ बढी एकतावद्ध भएर अघि बढ्छौ’, देउवाले भने, ‘अप्ठेराहरुलाई फुकाउने र मिलाउने काम प्रधानमन्त्रीको हो, अप्ठेरासँग भाग्ने त होइन नि !’, देउवाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण