हेलिकप्टरमा कर्णालीका जिल्लामा ओलीको दौडाहा
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज कर्णालीका जिल्लाहरुको दौडमा छन् । उनी सिम्रिक एअरको हेलिकप्टरमा विहान नौ बजे दैलेखको दुल्लुमा दुल्लु नगर कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर जुम्ला गइसकेका छन् ।
दुल्लुमा सम्बोधन गर्दै उनले दैलेख जनताको सुख, दुःखमा एमाले साथमा रहेको बताए । ओलीले भने, ‘एमाले हिजो पनि विकास र समृद्धिको पक्षमा थियो। अब पनि त्यसको नेतृत्वको काम गरेर कार्यान्वयनतर्फ लाग्नेछ।’ साथै उनले दुल्लु सभ्यताको बारेमा पनि आफू जानकार रहेको र ऐतिहासिक रहेको उनले उल्लेख गरे ।
ओलीले भने,‘यसको विकासका लागि आफ्नो पालमा पहल गरेको थिएँ। तर अहिलेको सरकारले उदासिनता देखायो।’ दुल्लुलाई स्मार्ट सिटी बनाउने विषयमा पनि उनले जानकारी गराएका थिए । साथै वर्तमान गठबन्धनको विषयमा उनले नेताहरुका टाउका माथी मिले पनि जनताका पक्षमा एमाले नै भएकाले एमाले नै पहिलो शक्ति केन्द्रका रुपमा स्थापित हुने बताए। ओलीले दुल्लुमा कार्यकर्तालाई प्रवेश गराउने कार्यक्रम रहेपनि समय अभावका कारण जुम्लाको सिंजा उडिसकेको छन् ।
ओलीले सिंजा र कालिकोटमा चुनावी सभालाई सम्बोधन गर्दै अन्य दलहरुबाट एमाले रोजेकाहरुलाई पार्टीमा प्रवेश गराउनेछन् । जुम्ला र कालिकोटमा पार्टी प्रवेश कार्यक्रम चुनावी सभा सकेर नेपालगन्ज हुँदै ओली आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण