रुस–युक्रेन युद्ध : ताइवानले किन बनायो अध्ययन समूह ?
ताइवानको रक्षा मन्त्रालयले जारी युद्धमा युक्रेनले लिएको रणनीति अध्ययनका लागि एक समूह गठन गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो समूहको उद्देश्य यतिका दिनसम्म युक्रेन कसरी रुसको विरुद्धमा युद्ध गर्न सक्षम भयो भन्ने अध्ययन गर्नु रहेको छ । ताइवानले यसको बारेमा अमेरिकासँग कुराकानी समेत गर्न थालेको समाचारमा जनाइएको छ ।
ताइवान र चीनबीच पुरानो विवाद यथावतै छ । चीनले ताइवानलाई उसकै एक प्रान्त भएको मान्दै आएको छ । तर, ताइवान आफूलाई एक स्वतन्त्र मुलुक भएको मान्छ । उसको आफ्नै संविधान छ भने जनताद्वारा चुनिएको सरकारको शासन चल्दै आएको छ ।
युक्रेनमा रुसको हमलापछि ताइवान सतर्क अवस्थामा रहेको छ । चीनले पनि रुसले जस्तै कुनै कदम उठाउने त होइन भन्ने विषयमा उसलाई डर छ । तर, चीनले हालसम्म पनि यस्ता कदमा चाल्ने कुनै संकेत दिएको छैन ।
ताइवानका रक्षा मन्त्रीले आफू युद्ध लड्ने तरिकाको विषयमा अर्को देशसँग सम्पर्क गरिरहेको र यसको अध्ययनका लागि एक समूह पनि गठन गरेको बताएका छन् ।
ताइवानले रुसको सेनाको खराब प्रदर्शन र उसलाई रोक्ने युक्रेनी क्षमता जस्ता विषयमा अध्ययन गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण