मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन युद्ध : ताइवानले किन बनायो अध्ययन समूह ?

बिहीबार, १७ चैत २०७८, १३ : ४७
बिहीबार, १७ चैत २०७८

ताइवानको रक्षा मन्त्रालयले जारी युद्धमा युक्रेनले लिएको रणनीति अध्ययनका लागि एक समूह गठन गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो समूहको उद्देश्य यतिका दिनसम्म युक्रेन कसरी रुसको विरुद्धमा युद्ध गर्न सक्षम भयो भन्ने अध्ययन गर्नु रहेको छ । ताइवानले यसको बारेमा अमेरिकासँग कुराकानी समेत गर्न थालेको समाचारमा जनाइएको छ । 

ताइवान र चीनबीच पुरानो विवाद यथावतै छ । चीनले ताइवानलाई उसकै एक प्रान्त भएको मान्दै आएको छ ।  तर, ताइवान आफूलाई एक स्वतन्त्र मुलुक भएको मान्छ । उसको आफ्नै संविधान छ भने जनताद्वारा चुनिएको सरकारको शासन चल्दै आएको छ ।

युक्रेनमा रुसको हमलापछि ताइवान सतर्क अवस्थामा रहेको छ ।  चीनले पनि रुसले जस्तै कुनै कदम उठाउने त होइन भन्ने विषयमा उसलाई डर छ । तर, चीनले हालसम्म पनि यस्ता कदमा चाल्ने कुनै संकेत दिएको छैन ।

ताइवानका रक्षा मन्त्रीले आफू युद्ध लड्ने तरिकाको विषयमा अर्को देशसँग सम्पर्क गरिरहेको र यसको अध्ययनका लागि एक समूह पनि गठन गरेको बताएका छन् ।

ताइवानले रुसको सेनाको खराब प्रदर्शन र उसलाई रोक्ने युक्रेनी क्षमता जस्ता विषयमा अध्ययन गरिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप