सर्लाहीमा क्रेनको ठक्करले छात्राको मृत्युपछि तनाव
सर्लाहीको बागमती नगरपालिका–७ स्थित निमीचोकमा क्रेनले ठक्कर दिँदा १७ वर्षीया सुमित्रा परियारको घटनास्थलमा मृत्यु भएको छ । साइकलमा सवार छात्राको मृत्युपछि दुईवटा स्कुलका विद्यार्थी र स्थानीयले आन्दोलन गरिरहेका छन् ।
स्थानीयले घटनास्थलबाट शव उठाउन नदिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले रातोपाटीलाई बताए । प्रजिअ गौतमले भने–‘वार्ताको प्रयास भइरहेको छ, राजनीतिक दलहरूसँग समन्वय गर्दैछु ।’ घटनास्थलमा करिव ८ सय विद्यार्थी र स्थानीय भेला भएर प्रदर्शन गरिरहेका छन् । क्रेन चालकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले छात्रलाई ठक्कर दिने क्रेन जलाएका छन् ।
सर्लाहीको दुर्घटनाबारे गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका छन् । दुर्घटनापछि सिर्जित परिस्थितिलाई शान्तिपूर्ण समाधान गर्न गृहमन्त्री खाणले प्रजिअलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
बागमती नगरपालिका ७ निमीचोकको भित्री सडक–खण्डमा गाजली चोकबाट बागमतीतर्फ जाँदै गरेको हाइड्रो (क्रेन) ले बागमतीबाट गाजली चोकतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा सुमित्राको मृत्यु भएको थियो । प्रहरीले भिडलाई नियन्त्रणमा लिन र सडक खुलाउन ६ राउण्ड अश्रुग्यास फायर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण