हातहतियार बुझाउन प्रशासनको आग्रह, लमजुङमा १ हजार १ सय हतियार दर्ता
स्थानीय तह निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्येनजर गर्दै लमजुङ प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । ३० वैशाखमा हुने निर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको हो । प्रशासनले चैत्र मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना २०१९ को दफा ८ बमोजिम सो जिल्लाका विभिन्न व्यक्तिसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरिएको छ । इजाजत प्राप्त व्यक्तिले हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजना अन्तर्गत कारबाही हुने सूचनामा उल्लेख छ ।
स्थानीय तह निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता अपनाएको सुरक्षा समिति लमजुङले जनाएको छ । स्थानिय तह निर्वाचन नजिकिँदै गर्दा सम्बन्धित निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई विशेष ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
विभिन्न समूहले गर्ने निर्वाचन विरोधी गतिविधिप्रति पूर्व सतर्कता अपनाउन समग्र जिल्लाको सुरक्षा व्यवस्था विशेष योजनासहित कडाइ गरिने सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा १ हजार १ सयभन्दा बढी हतियार दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण