सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचजना डीएसपीको काज सरुवा

शुक्रबार, १८ चैत २०७८, ११ : ०६
शुक्रबार, १८ चैत २०७८

नेपाल प्रहरीका ५ जना डीएसपीको काज सरुवा गरिएको छ । पाँच जनाको सरुवासँगै काठमाडौंको एक वृत र चारवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।

महानगरीय प्रहरी वृत कीर्तिपुरमा डिएसपी पुरुषोत्तम पाण्डेलाई सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय सिमरामा युवराज भण्डारी, धरानमा बुद्ध श्रेष्ठ र ईप्रका गरुडामा बरुण सिंहलाई पठाइएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरमा हेम शाहीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप