बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु

शुक्रबार, १८ चैत २०७८, १२ : १०
शुक्रबार, १८ चैत २०७८

सप्तरीको खडक नगरपालिका(५ रंजितपुर सडकखण्डमा टिपरले ठक्कर दिँदा बोलेरो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादव रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ आउँदै गरेको विद्युत् कार्यालय बोदेबर्साइन सप्तरीको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरोलाई बिहीवार साँझ पछाडिबाट ना ७ ख २६५८ नम्बरको टिपरले ठक्कर दिँदा  यादवको मृत्यु भएको हो।

दुर्घटनामा  गम्भीर घाइते भएका यादवलाई उपचारको लागि अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा घाइते  भएका अन्य बोदेबर्साइन नगरपालिका –१० का ३० वर्षीय शैलेश यादव, सोही ठाउँका ३० वर्षीय महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय बृजेश कुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका –८ का ३५ वर्षीय अरुण कुमार सिंहको उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ। टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप