प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईंमा पुर्याउँछ : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने बताएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्याएर मुलुकको हित गर्ने बताए । प्रधानमन्त्री देउवा शुक्रवार नै भारत प्रस्थान गरिसकेका छन् । सञ्चारमन्त्री कार्कीले भने– ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने औपचारिक भ्रमणमा आज प्रस्थान गर्नुहुँदैछ ।
मुलरुपमा नेपाल र भारतको बीचमा सदियौंदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याएर मुलुकको हितमा यो भ्रमण केन्द्रीत रहने कुरा म यहाँहरु मार्फत् निवेदन गर्न चाहान्छु ।’ बिहीबारको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण