विदेशी षड्यन्त्रसम्बन्धी इमरान खानको आरोपबारे के भन्यो अमेरिकाले ?
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो नेतृत्वको सरकार ढाल्न विदेशी षड्यन्त्र भएको आरोप लगाए पनि अमेरिकाले त्यसमा सत्यता नरहेको प्रतिक्रिया दिएको छ । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै इमरानले आपूm सत्ताबाट बाहिरिएको विदेशी शक्तिले हेर्न चाहेको बताएका थिए । यस्तो भनिरहँदा उनले अमेरिकाको समेत नाम लिएका थिए ।
तर पछि यसलाई सच्याउँदै उनले ‘बाहिरी शक्ति’ भनेका थिए । एक आधिकारिक पत्रको हवाला दिँदै इमरान खानले भने, ‘यो एक आधिकारिक दस्तावेज हो । जसमा यो भनिएको छ कि यदि इमरान खान प्रधानमन्त्री भए भने हाम्रो तपाईसँगको सम्बन्ध खराब हुनेछ र तपाईले कठिनाई सामना गर्नुपर्नेछ ।’
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्रायसले इमरान खानको आरोपमा कुनै सच्चाइ नभएको बताए । हामी यसलाई नजिकैबाट नियालिरहेका छौँ । हामी पाकिस्तानको संवैधानिक प्रक्रिया र कानुनको शासनको सम्मान र समर्थन गर्छौं । तर कुरा जब यस्तो आरोपको आउँछ, यसमा कुनै सच्चाइ छैन ।’
पाकिस्तानमा इमरान खानको सरकारले अविश्वास प्रस्तावको सामना गरिरहेको छ । यो विषयमा संसदमा छलफल र भोटिङ ३ अप्रिलमा हुनेछ । इमरान खानले राष्ट्रको नाममा गरेको सम्बोधनमा आपूmले राजीनामा नदिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण