आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विदेशी षड्यन्त्रसम्बन्धी इमरान खानको आरोपबारे के भन्यो अमेरिकाले ?

शुक्रबार, १८ चैत २०७८, १५ : ५५
शुक्रबार, १८ चैत २०७८

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो नेतृत्वको सरकार ढाल्न विदेशी षड्यन्त्र भएको आरोप लगाए पनि अमेरिकाले त्यसमा सत्यता नरहेको प्रतिक्रिया दिएको छ । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै इमरानले आपूm सत्ताबाट बाहिरिएको विदेशी शक्तिले हेर्न चाहेको बताएका थिए । यस्तो भनिरहँदा उनले अमेरिकाको समेत नाम लिएका थिए ।

तर पछि यसलाई सच्याउँदै उनले ‘बाहिरी शक्ति’ भनेका थिए । एक आधिकारिक पत्रको हवाला दिँदै इमरान खानले भने, ‘यो एक आधिकारिक दस्तावेज हो । जसमा यो भनिएको छ कि यदि इमरान खान प्रधानमन्त्री भए भने हाम्रो तपाईसँगको सम्बन्ध खराब हुनेछ र तपाईले कठिनाई सामना गर्नुपर्नेछ ।’

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्रायसले इमरान खानको आरोपमा कुनै सच्चाइ नभएको बताए । हामी यसलाई नजिकैबाट नियालिरहेका छौँ । हामी पाकिस्तानको संवैधानिक प्रक्रिया र कानुनको शासनको सम्मान र समर्थन गर्छौं । तर कुरा जब यस्तो आरोपको आउँछ, यसमा कुनै सच्चाइ छैन ।’

पाकिस्तानमा इमरान खानको सरकारले अविश्वास प्रस्तावको सामना गरिरहेको छ । यो विषयमा संसदमा छलफल र भोटिङ ३ अप्रिलमा हुनेछ । इमरान खानले राष्ट्रको नाममा गरेको सम्बोधनमा आपूmले राजीनामा नदिने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप