सुर्खेत उद्योग वाणिज्य संघको चुनाव तत्काल नगर्न उच्च अदालतको आदेश
सदस्यता खारेजीको विषयलाई लिएर विवाद बनेको सुर्खेत उद्योग वाणिज्य संघको चुनाव तत्काल नगर्न उच्च अदालतले आदेश जारी गरेको छ । दुई पक्षबीच विवाद कायम रहेकाले दुबै पक्षलाई मिलाएर जाँदा उचित हुने भन्दै तत्काल चुनाव नगर्न अल्पकालिन आदेश दिएको हो ।
संघमा काँग्रेस दुईवटा समुहमा विभाजित भएको छ । जसमा संस्थापन इत्तर मानिएका वर्तमान अध्यक्ष धनबहादुर रावत समुहले यही चैत्र २६ गते चुनाव गर्ने तयारी गरेको थियो भने संस्थापन पक्षधर मानिएका हर्ष विक्रम खड्का पक्षले खारेजी भएका सदस्यता नवीकरण गरिनुपर्ने माग गर्दै आएको छ । विवादकै बीचमा एक पक्षले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै सुरेन्द्रकुमार मल्लले संघको निर्वाचन रोकी पाउँ भन्दै उच्च अदालत सुर्खेतमा बिहीबार रिट दायर गरेका थिए ।
अदालतले मुद्दाको अन्तिम किनारा नलगाउँदासम्म तत्कालका लागि निर्वाचन कार्यतालिका रोकेको हो । अदालतका कायममुकाय मुख्य न्यायाधीश शेषराज सिवाकोटीको एकल ईजलासले दुवै पक्षको भनाई सुनी निष्कर्षमा पुग्नु पर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
