‘स्थानीय तह निर्वाचनमा विभिन्न दलसँग तालमेल हुन सक्छ’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग तालमेल हुन सक्ने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुर आइपुगेका अध्यक्ष लिङ्देनले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरूसँग चुनावी तालमेल हुन सक्ने बताए ।
यद्यपि अहिलेसम्म औपचारिकरुपमा कुनै राजनीतिक दलसँग तालमेल गर्ने विषयमा कुराकानी नभएको उनको भनाइ थियो । देशभरिका सबै स्थानीय तहमा पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले कुनै दलसँग तालमेल नभए पनि आफ्नो पार्टीले एक्लै उम्मेदवारी दिने तयारी गरेको बताए । आफ्नो पार्टीले जितेको स्थानीय तहलाई नमुनाका रूपमा विकाससँगै जनतालाई प्रत्यक्षरूपमा सेवा सुविधा दिइएको र शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकास, र सुशासनको अनुभुति गराएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण