कर्णालीमा पाँच दलीय गठबन्धन संयन्त्रको पहिलो बैठक : के-के भयो छलफल ?
नेपाली काँग्रेसले औपचारिक रुपमा गठबन्धनको विषयमा टुङ्गो लगाएपछि कर्णालीमा पाँच दलीय गठबन्धन संयन्त्रको पहिलो बैठक बसेको छ । काँग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीको अध्यक्षतामा काँग्रेस पार्टी कार्यालयमा बैठक बसेको हो ।
बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटीकी अध्यक्ष विमला केसी, नेकपा एकीकृत समाजवादी दलका .प्रदेश अध्यक्ष अमरबहादुर थापा, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाही, जनता समाजवादीका देवीकृष्ण न्यौपाने सहभागी भएका थिए । पहिलो बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत भएर छलफल गरेको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले रातोपाटीलाई जानकारी दिइन् ।
उनले भनिन, ‘आज प्रदेश भित्रका १० वटै जिल्लाको ०७४ सालको स्थानीय तहको निर्वाचनमा आएको मत परिणामको र हाल गठबन्धनमा रहेका दलको यथार्थ वस्तुस्थितिका बारेमा रिपोर्टिङ भएको थियो ।’ केसीका अनुसार अब दोस्रो बैठक पर्सी २० गते अपरान्ह ३ बजे नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा बस्नेछ । उक्त बैठकले गठबन्धनभित्र रहेका दलहरूको पोजिसन के–कस्तो छ, निर्वाचनमा कसरी जाने लगायतका विषयमा रहेर छलफल गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण