विश्वकप फुटबल : उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने
फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । कतारमा आयोजना हुने प्रतियोगितामा पहिलो खेलमा आयोजकले इक्वेडरलाई प्रतिद्वन्द्वी पाएको हो ।
फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडरसँग खेल्ने भएको छ । कतार र इक्वेडरबीच नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ४ बजे सुरु हुनेछ ।
पहिलो दिन थप तीन खेलहरु हुनेछन् । जसमा सेनेगलले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ‘बी’का दुई खेल हुनेछन् । जसमा इङ्ल्यान्डले इरानसँग खेल्दा यूएसएले स्कटल्यान्ड/वेल्स र युक्रेनमध्य विश्वकपमा छनोट हुने टोलीसँग खेल्नेछ ।
कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण