मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल
त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान फाइज अहमदले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केहीबेरमा मलेसियाविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ ।
मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । मलेसिया पराजित भएमा फाइनलमा पीएनजीले स्थान बनाउनेछ । त्यसैले पनि आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ । फाइनल पुग्न मलेसियालाई दबाब पनि हुनेछ । यता नेपाल पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा अपराजित भएर फाइनल पुग्ने योजनामा छ ।
नेपालले यसअघिका तीन खेलमा सहज जित निकालेको छ । दुई खेलमा पपुवा न्युगिनी र एक खेलमा मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो । नेपालले यसअघिको भेटमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । पीएनजी ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान),आरिफ शेख, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, आबिनास बोहोरा, दिलीप नाथ, आदिल अन्सारी, रोहितकुमार पौड्याल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण