भारतको प्रगतिबाट फाइदा लिन चाहन्छौँ : प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको प्रगतिबाट नेपालले पनि फाइदा लिन चाहेको बताएका छन् । नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले हासिल गरेको आर्थिक प्रगतिको प्रशंसा गर्दै नेपालले पनि आर्थिक साझेदारीमार्फत त्यसबाट फाइदा लिन चाहेको जिकिर गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले न्यानो आतिथ्यका लागि भारतीय समकक्षीलाई धन्यवाद दिए । मोदीको पहिलो भ्रमणलाई सम्झिँदै उनले मोदीको नेपाल भ्रमणले दुई देशको मित्रतालाई प्रगाढ बनाउन सहयोग गरेको उल्लेख गरे ।
आजादीका अमृत महोत्सव मनाइरहेका बेला प्रधानमन्त्रीका रूपमा पाँचौँ पटक भारत आउन पाउँदा उत्साहित भएको प्रधानमन्त्रीको भनाइ थियो । कोभिड महामारीसँग लड्नका लागि भारतले गरेको खोप लगायत स्वास्थ्य सामग्री सहयोग गरेकोमा पनि देउवाले धन्यवाद ज्ञापन गरे ।
‘हामी दुईबीच दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा छलफल भएको छ,’ देउवाले भने, ‘दुई देशका प्रतिनिधि मण्डलबीच दुई देशबीचको सहकार्यका बृहत्तर आयाममा चर्चा भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण