भारतको प्रगतिबाट फाइदा लिन चाहन्छौँ : प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको प्रगतिबाट नेपालले पनि फाइदा लिन चाहेको बताएका छन् । नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले हासिल गरेको आर्थिक प्रगतिको प्रशंसा गर्दै नेपालले पनि आर्थिक साझेदारीमार्फत त्यसबाट फाइदा लिन चाहेको जिकिर गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले न्यानो आतिथ्यका लागि भारतीय समकक्षीलाई धन्यवाद दिए । मोदीको पहिलो भ्रमणलाई सम्झिँदै उनले मोदीको नेपाल भ्रमणले दुई देशको मित्रतालाई प्रगाढ बनाउन सहयोग गरेको उल्लेख गरे ।
आजादीका अमृत महोत्सव मनाइरहेका बेला प्रधानमन्त्रीका रूपमा पाँचौँ पटक भारत आउन पाउँदा उत्साहित भएको प्रधानमन्त्रीको भनाइ थियो । कोभिड महामारीसँग लड्नका लागि भारतले गरेको खोप लगायत स्वास्थ्य सामग्री सहयोग गरेकोमा पनि देउवाले धन्यवाद ज्ञापन गरे ।
‘हामी दुईबीच दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा छलफल भएको छ,’ देउवाले भने, ‘दुई देशका प्रतिनिधि मण्डलबीच दुई देशबीचको सहकार्यका बृहत्तर आयाममा चर्चा भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै