काँग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनित
आइतबार, २० चैत २०७८, ०९ : ००
नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही मनोनित भएका छन् । प्रदेश सभापति ललितजङ्ग शाहीले पार्टी विधान २०१७ (संशोधनसहित) धारा १३ (६) बमोजिम कार्यसमितिका सदस्य आचार्यलाई कोषाध्यक्ष तथा धारा १० (ङ) बमोजिम शाहीलाई प्रवक्ता पदमा नियुक्त गरेका हुन् ।
सभापति शाहीले पार्टी विधानबमोजिम प्रदेश संसदीय समितिमा ६ सदस्य मनोनित गरेका छन् । महामन्त्री कृष्णबहादुर रोकायका अनुसार प्रदेश संसदीय समितिमा भूपेन्द्रजङ्ग शाही, लङ्कबहादुर शाही, सीता वली, मिठु थापा कार्की, मोहन विक र पदमबहादुर लामा मनोनित भएका छन् । प्रदेश कार्यसमितिको बैठकले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम कोषाध्यक्ष, प्रवक्ता र संसदीय समितिका रिक्त पदहरूमा मनोनित गरिएको महामन्त्री रोकायाद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण