बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु

आइतबार, २० चैत २०७८, ११ : २७
आइतबार, २० चैत २०७८

तनहुँको भानु नगरपालिका–९ डुम्रेमा शनिबार बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय २३ वर्षीया एलिना श्रेष्ठ रहेकी छिन् । घाइते उनको उपचारको क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा गएराती साढे ९ बजे मृत्यु भएको हो । 

गएराती ९ बजे दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट श्रेष्ठ खसेकी थिइन् ।  दुर्घटनामा संलग्न ट्रयाक्टरसहित चालक इलाका प्रहरी कार्यालय भानु तनहुँको नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप