सामान्य बन्दै पेट्रोलियम पदार्थको माग, ८०० किलोलिटर तेल बजारमा
नेपाल आयल निगमले उपत्यकाको पेट्रोलियम पदार्थको माग सामान्य बन्दै गएको जनाएको छ । शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानीमा हुँदै आएको अवरोध स्थगित गर्ने सहमति बनेपछि पेट्रोलियम पदार्थको बिक्री र माग सामान्य बन्दै गएको निगमले जनाएको हो ।
व्यवसायीहरूले कमिसन बढाउनुपर्ने भन्दै शुक्रबारदेखि देशव्यापीरूपमा पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए । पेट्रोलियम पदार्थ ढुवानी एसोसिएशन, एलपी ग्यास उद्योग संघ र पम्प व्यवसायीहरूले संयुक्त आन्दोलन गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।
यससँगै, उपत्यकासहित देशभर पेट्रोलियम पदार्थको बिक्री÷वितरणमा चाप परेको थियो । शनिबार बेलुका निगमबीच सहमती बनेपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका थिए । जसअनुसार, आज विहान ८ बजेदेखि सामान्य रूपमा बिक्री हुने बताइएको थियो ।
तर, व्यवसायीहरूसँगको सहमतिपछि पनि ट्याङ्कर चालकहरूले आन्दोलन सुरू गर्दा केही समय पेट्रोल ढुवानी रोकिएको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिउँसो १ बजेदेखि चालकहरूसँग सहमति भएपछि ढुवानी नियमित बनेको र उपत्यकाको कूल मागको ५० प्रतिशत पेट्रोलियम पदार्थ बजारमा गइसकेको बताए ।
उपत्यकाको दैनिक पेट्रोलियम माग १६ सय किलोलिटर हो । यसमध्ये अहिलेसम्म ८०० किलोलिटर तेल बजारमा गइसकेको उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण