शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य बन्दै पेट्रोलियम पदार्थको माग, ८०० किलोलिटर तेल बजारमा

आइतबार, २० चैत २०७८, १७ : १०
आइतबार, २० चैत २०७८

नेपाल आयल निगमले उपत्यकाको पेट्रोलियम पदार्थको माग सामान्य बन्दै गएको जनाएको छ । शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानीमा हुँदै आएको अवरोध स्थगित गर्ने सहमति बनेपछि पेट्रोलियम पदार्थको बिक्री र माग सामान्य बन्दै गएको निगमले जनाएको हो ।

व्यवसायीहरूले कमिसन बढाउनुपर्ने भन्दै शुक्रबारदेखि देशव्यापीरूपमा पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए । पेट्रोलियम पदार्थ ढुवानी एसोसिएशन, एलपी ग्यास उद्योग संघ र पम्प व्यवसायीहरूले संयुक्त आन्दोलन गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।

यससँगै, उपत्यकासहित देशभर पेट्रोलियम पदार्थको बिक्री÷वितरणमा चाप परेको थियो । शनिबार बेलुका निगमबीच सहमती बनेपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका थिए । जसअनुसार, आज विहान ८ बजेदेखि सामान्य रूपमा बिक्री हुने बताइएको थियो ।

तर, व्यवसायीहरूसँगको सहमतिपछि पनि ट्याङ्कर चालकहरूले आन्दोलन सुरू गर्दा केही समय पेट्रोल ढुवानी रोकिएको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिउँसो १ बजेदेखि चालकहरूसँग सहमति भएपछि ढुवानी नियमित बनेको र उपत्यकाको कूल मागको ५० प्रतिशत पेट्रोलियम पदार्थ बजारमा गइसकेको बताए ।

उपत्यकाको दैनिक पेट्रोलियम माग १६ सय किलोलिटर हो । यसमध्ये अहिलेसम्म ८०० किलोलिटर तेल बजारमा गइसकेको उपाध्यायले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप