इलाममा चियाको पहिलो टिपाइ सुरु
इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो टिपाइलाई ‘फस्ट फल्स’ समेत भनेर चिनिने पहिलो टिपाइ अन्य सिजनभन्दा गुणस्तरीय चिया मानिन्छ ।
जिल्लाको तल्लो क्षेत्रमा चियाको मुना पलाउन थालेसँगै टिपाइ सुरु भएको हो । माथिल्लो क्षेत्रमा भने चिया पलाउन सुरु मात्र भएको छ । दुई पात एक सुइरो भएको चिया टिप्न सबैभन्दा राम्रो मानिन्छ ।
गएको कात्तिकदेखि बाँझी बसेको चिया पुनःपलाउन थालेसँगै चिया टिपाइ सुरु भएको हो । यससँगै जिल्लाका चिया कारखानाले प्रशोधनको तयारीसमेत थालेको बताइएको छ । केही कारखानाले उत्पादनसमेत सुरु गरेका छन् ।
यसरी केही समयसम्म फुर्सद रहेका चिया तथा कारखाना मजदूरको कार्य व्यस्तता अहिले ह्वात्तै बढेको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच बढाउनसमेत चियापत्तीको टिपाइ छिट्टै थालिएको हो । यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ ।
यस वर्ष समयमा नै पानी परेकाले चिया किसानसमेत हर्षित छन् । जिल्लाका लेकाली क्षेत्रमा भने अझै पूर्णरुपमा चिया पलाउन सकेको छैन । गर्मी बढेका क्षेत्रमा चियापत्ती टिप्न सुरु गरिएको हो । उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने भएकाले किसानले छिट्टै चियापत्ती टिपाइ सुरु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण