सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

इलाममा चियाको पहिलो टिपाइ सुरु

सोमबार, २१ चैत २०७८, १६ : १५
सोमबार, २१ चैत २०७८

इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो टिपाइलाई ‘फस्ट फल्स’ समेत भनेर चिनिने पहिलो टिपाइ अन्य सिजनभन्दा गुणस्तरीय चिया मानिन्छ । 

जिल्लाको तल्लो क्षेत्रमा चियाको मुना पलाउन थालेसँगै टिपाइ सुरु भएको हो । माथिल्लो क्षेत्रमा भने चिया पलाउन सुरु मात्र भएको छ । दुई पात एक सुइरो भएको चिया टिप्न सबैभन्दा राम्रो मानिन्छ । 

गएको कात्तिकदेखि बाँझी बसेको चिया पुनःपलाउन थालेसँगै चिया टिपाइ सुरु भएको हो । यससँगै जिल्लाका चिया कारखानाले प्रशोधनको तयारीसमेत थालेको बताइएको छ । केही कारखानाले उत्पादनसमेत सुरु गरेका छन् । 

यसरी केही समयसम्म फुर्सद रहेका चिया तथा कारखाना मजदूरको कार्य व्यस्तता अहिले ह्वात्तै बढेको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच बढाउनसमेत चियापत्तीको टिपाइ छिट्टै थालिएको हो । यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । 

यस वर्ष समयमा नै पानी परेकाले चिया किसानसमेत हर्षित छन् । जिल्लाका लेकाली क्षेत्रमा भने अझै पूर्णरुपमा चिया पलाउन सकेको छैन । गर्मी बढेका क्षेत्रमा चियापत्ती टिप्न सुरु गरिएको हो । उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने भएकाले किसानले छिट्टै चियापत्ती टिपाइ सुरु गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप