शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

निजी विमानले उडान रोक्दा यात्रुलाई सकस

मङ्गलबार, २२ चैत २०७८, ०८ : १४
मङ्गलबार, २२ चैत २०७८

जिल्लाको ताल्चामा अवस्थित रारा विमानस्थल नीजि हवाई जहाज नचल्दा केही दिन यता देखि यात्रु लाई सकस भएको छ । रारा विमानस्थलमा नियमित रुपमा उडान भर्दै आई रहेका निजी जहाजहरूले उडान  रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रुलाई सकस भएको होे । मुगुमा पछिल्लो समय तारा एयर , समिट एयर , र  सीता एयरले नेपालगन्ज विमानस्थल बाट रारा  विमानस्थलका लागि दैनिक रुपमा उडान भर्दै आई रहेका थिए ।

सो जहाज मुगुमा उडान नभरी पुर्व तिर उडान भर्नाले यहाँका यात्रु लाई सास्ती भएको बताइएको छ । प्रत्येक दिनमा चारदेखि पाँच पटक सम्म उडान भर्दै आई रहेका थिए । जिल्लामा केही दिन यता देखि नेपाल वायुसेवा निगमको जहाजले हप्तामा चार पटक उडान भर्दै आई रहेको छ । त्यसमा पनि जटिल खालका बिरामी लगायत विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ । 

रारा  विमानस्थलमा नेपाल वायुसेवाले हप्तामा आईतबार , मंगलबार , शुक्रबार र शनिबारमा मात्र उडान भर्दै आई रहेको रारा विमानस्थल ताल्चाका कार्यालय  प्रमुख सन्तोष कुमार गौतमले बताए । रारा विमानस्थलमा उडान कम भए पछि सहजै रुपमा टिकट पाउन मुस्किल छ । 

जिल्ला प्रशासन कार्यालय मुगुले नेपाल वायुसेवामा हरेक उडानमा दुईवटा सिट अत्यावश्यक कर्मचारी र विरामीलाई सुरक्षित गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार पछिल्लो समय कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा पर्यटक बढ्न थाले पछि नेपाल वायुसेवाको चार्टर उडान भएकाले ल्याउने उता लैजाने अवस्था सिर्जना भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप