बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

मङ्गलबार, २२ चैत २०७८, ०८ : ३९
मङ्गलबार, २२ चैत २०७८

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो । आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप