उदयपुरमा १० कक्षामा अध्ययनरत छात्राको हत्या
उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको हत्या भएको छ । ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको शव मंगलबार बिहान यसोदा खोला नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
घरबाट स्कुल आउँदै गर्दा उनको क्रुर हत्या भएको भन्दै कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य नारायण शाहले घटनाको अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेका छन् ।
बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कविताको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षका बिनोद ढकाल छन् । सरिता र कविता कोशी जनतामासँगै अध्ययनरत थिए ।
सरितासँग केही दिनअघि भएको सामान्य विवादका कारण दुईजना मिलेर बियरको बोत्तलले हिर्काएर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । स्कुल पुग्नुभन्दा करिब ७ सय मिटर पर हत्या भएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण