मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

एक गोल नखाई स्पेन क्वार्टरफाइनलमा प्रवेश गर्दा बने यस्ता कीर्तिमान

मङ्गलबार, २३ असार २०८३, ०७ : १७
मङ्गलबार, २३ असार २०८३

सारांश

  • स्पेनले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पोर्चुगललाई १-० ले पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
  • वैकल्पिक खेलाडी मिकल मेरिनोले गरेको गोल स्पेनको जितका लागि निर्णायक बन्यो, जसले १६ वर्षपछि विश्वकप नकआउट चरणमा जित दिलायो।
  • यस जितसँगै स्पेनले लगातार पाँचौँ खेलमा क्लिनसिट राख्दै कीर्तिमान कायम गरेको छ।

कामठाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। अतिरिक्त समयको पहिलो मिनेटमा वैकल्पिक खेलाडी मिकल मेरिनोले गरेको एकमात्र गोल स्पेनको जितका लागि निर्णायक बन्यो।

मेरिनो ८५औँ मिनेटमा मैदान प्रवेश गरेका थिए र मैदान छिरेको मात्र ६ मिनेटमै गोल गर्दै स्पेनलाई अन्तिम आठमा पुर्‍याए। उनको गोलका लागि ७५औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फेरान टोरेसले उत्कृष्ट पास उपलब्ध गराएका थिए।

यस हारसँगै ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ। पोर्चुगललाई अन्तिम १६ बाट बाहिर्याउँदै स्पेनले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।

स्पेनको जितमा बनेका प्रमुख कीर्तिमान

  • १६ वर्षपछि विश्वकपको नकआउट चरणमा जित

स्पेनले सन् २०१० को विश्वकप फाइनलमा नेदरल्यान्ड्सलाई हराएपछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित निकालेको हो। यससँगै १६ वर्षदेखिको प्रतीक्षा समाप्त भएको छ।

  • लगातार पाँचौँ खेलमा क्लिनसिट

समूह चरणदेखि अन्तिम १६ सम्म स्पेनले पाँच खेल खेल्दा चार जित र एक बराबरीको नतिजा निकालेको छ। अझ उल्लेखनीय पक्ष, यी पाँचै खेलमा स्पेनले विपक्षीबाट एक गोल पनि खाएको छैन।

  • सब्स्टिच्युट खेलाडीको निर्णायक संयोजन

७५औँ मिनेटमा मैदान प्रवेश गरेका फेरान टोरेसको पासमा ८५औँ मिनेटमा मैदान छिरेका मिकल मेरिनोले ९० प्लस १ मिनेटमा विजयी गोल गरे। वैकल्पिक खेलाडीबीचको संयोजनबाट आएको यो निर्णायक गोल स्पेनका लागि दुर्लभ र स्मरणीय उपलब्धि बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप