बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरबाट १ लाख घूससहित सर्वेक्षक पक्राउ

मङ्गलबार, २२ चैत २०७८, २१ : ३४
मङ्गलबार, २२ चैत २०७८

ललितपुरबाट १ लाख घूससहित सर्वेक्षकपक्राउ परेका छन् । नापी कार्यालय चावहिल १ नम्बर नापी टोली बूढानीलकण्ठमा कार्यरत सर्वेक्षक बिनोद केसी पक्राउ परेका हुन् । उनीसँगै अमिन प्रकाश राज भट्ट पनि पक्राउ परेका छन् । 

 जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरुलाई एक लाख रुपैयाँ घुस  लिइसकेको अवस्थामा पक्राउ गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर ५, लगनखेलस्थित महालक्ष्मी मार्गबाट पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप