सिराहामा गोली चल्यो, दुई प्रहरी घाइते
आइतबार, १० मङ्सिर २०७४, १४ : ५१
सिराहा । सिराहाको निरदनामा अज्ञात समुहले चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् ।
आज दिउँसो अज्ञात समुहले चलाएको गोली लागि जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् ।
गोली कसले र किन चलाएको भन्ने पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय सिराहले जनाएको छ ।
प्रहरी यादवको पेट र म्यादी प्रहरीको कोखमा गोली लागेको छ ।
सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।
घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला धरान लगिएको छ ।
सिराहामा यसअघि दुई स्थानमा बम विस्फोट भइसकेका छन । विस्फोटको कसैले जिम्मा नलिएपनि तराईमा भूमिगत समूह जयकृष्ण गोइत समूहको पर्चाहरु भेटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण