मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानका सबै पार्टी एकजुट भएर राष्ट्रिय स्थिरता कायम राख्ने चीनको धारणा

बुधबार, २३ चैत २०७८, २१ : २६
बुधबार, २३ चैत २०७८

पाकिस्तानमा जारी राजनीतिक संकटका बीच चीनले प्रतिक्रिया जनाएको छ । चीनले पाकिस्तानका सबै पार्टी एकजुट रहेर राष्ट्रिय विकास र स्थिरता बनाइ राख्न सक्ने बताएको छ । 
 
पाकिस्तानको वर्तमान स्थितिबारे सोधिएको प्रश्नमा चीनका विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले यस्तो बताएका हुन् ।

उनले चीनले अर्को देशको घरेलु मामलामा दख्खल दिने सिद्धान्तको पालना गर्ने जनाएको छ । 

चीन र पाकिस्तानलाई सामरिक सहयोगी देश बताउँदै लिजियानले चीन पाकिस्तानको सम्बन्ध अटुट रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप