बैतडीमा जिप दुर्घटना हुँदा एकजना घाइते
बिहीबार, २४ चैत २०७८, २१ : ५५
बैतडीको शिवनाथ गाउँपालिकाको वडा नम्बर ६ छेलामा जिप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । म१ज २७२ नम्बरको जिप दुर्घटना हुँदा शिवनाथ गाउँपालिका १ की ६५ वर्षीय गोबडीदेवी साउँद घाइते भएकी हुन् ।
उनको बायाँ खुट्टामा चोट लागेको र उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
सो जिपमा शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्त र हेमन्त जोशी पनि सवार रहेका बताइएको छ । कर्मचारी पन्तले जबरजस्ती जिप चलाउन खोज्दा दुर्घटना भएको भनिए पनि प्रहरीले सो कुरा अस्वीकार गरेको छ ।
प्रहरीले जिप चालक वीरेन्द्र महताले नै जिप चलाएको दाबी गरेको छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण