बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंकाले परिस्थिति सम्हाल्न आईएमएफसँग ऋण माग्ने

शुक्रबार, २५ चैत २०७८, १० : २५
शुक्रबार, २५ चैत २०७८

गम्भीर आर्थिक संकटबाट जुझिरहेको श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा माग्ने भएको छ । यसका साथै श्रीलंकाले एसियाली विकास बैंक र विश्व बैंकसँग पनि कर्जा लिने तयारी गरिरहेको छ । आईएमएफसँग यस बारेमा कुरा गर्न वित्तीय विशेषज्ञको ३ सदस्यीय सल्लाहकार समिति बनाइएको छ ।

यो कमिटीले सेन्ट्रल बैंक अफ  श्रीलंकाका पूर्व गभर्नर इन्द्रजीत कुमारस्वामीलाई समावेश गरेको छ । कमिटीले कर्जा संकटलाई हटाउन उपायको सुझाव पेश गर्नका लागि भनेको छ । यसैबीच एसियाली विकास बैंकले २०२२ मा श्रीलंकाको आर्थिक वृद्धिमा २.५ प्रतिशतको सामान्य सुधार हुने अनुमान गरेको छ ।

पूर्वमन्त्रीको आरोप–राजपक्षेको परिवारले देश लुट्यो
राजपक्षे सरकारको बिरुद्धमा देशभर प्रदर्शनकाबीच पूर्व मन्त्री र सांसद चंपिका राणावाले राजपक्षेको परिवारले देशलाई धेरै नै लुटेको आरोप लगाइन् ।  २००४ देखि २०१४ सम्म आफ्नो कार्यकालको अवधिमा राजपक्षेले १९ अर्ब अमेरिकी डलर हिनामिना गरेको आरोप उनले लगाएकी छिन् । सरकारले अन्तर्राष्ट्रिय वित्तीय बजारबाट ठूलो परिमाणमा पैसा लिएको र त्यसलाई समयमै नतिरेको आरोप राणावाको छ । यसको परिणाम पुरै देशले भोगिरहेको उनको भनाइ छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप