मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पन्जाबसँग खेल्दै गुजरात

शुक्रबार, २५ चैत २०७८, ११ : १६
शुक्रबार, २५ चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शुक्रबार) गुजरात टाइटान्सले पन्जाब किङ्ससँग खेल्दैछ । मुम्बईमा हुने पन्जाब र गुजरात बीचको खेल नेपाली समय अनुसार ७ः ४५ मा सुुरु हुनेछ । 

आजको खेलमा दुबै टोली तेस्रो जितको खोजीमा हुनेछन् । गुजतार आजको खेलमा सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ ।  यता पन्जाब पनि सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ । नवप्रवेशी गुजरात लिगमा दुई खेल खेल्दै ४ अंकका साथ ताकिलाको चौथो स्थानमा छ । 

यता पन्जाब ३ खेल खेल्दै ४ अंक जोडेर एक स्थान पछि छ ।  गुजरातले यसअघिका दुई खेलमा लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । 

यता पन्जाबले पहिलो खेलमा रोयल्स च्यालेन्जर्सलाई हराएको थियो भने दोस्रो खेलमा कोलकात्ता नाइड राइडर्ससँग पराजित भएको थियो । पन्जाबले तेस्रो खेलमा चेन्नई सुपर किङ्समाथि जित निकालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप