जाजरकोटमा टाइफाइडविरुद्ध खोप दुई चरणमा लगाइने
जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ । पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएको छ । दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिका खोप अभियान चल्नेछ ।
शुक्रबार कुदुबाट टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरिएको थियो । भगवती माविमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलले खोप अभियानको शुभारम्भ गरेका थिए ।
सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप अभियानमा समेट्ने लक्ष्य लिएको छ । जाजरकोटका सात पालिकाका उक्त उमेर समुहका ७६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको कार्यालय प्रमुख कँडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
-
मुख्यमन्त्री कँडेलले पनि सकेनन् बजेट कार्यान्वयनमा सुधार ल्याउन
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण