भारतमा अझै पनि दैनिक ११ सय सङ्क्रमित
कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झण्डै थप ११ सय मानिस सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ११ हजार ३६५ रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार १९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा चार करोड २५ लाख एक हजार १९६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ८३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या भने पाँच लाख २१ हजार ६५६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण