शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेरक भनाइ : बाबुआमाको सेवाभन्दा ठूलो धर्म अर्को हुँदैन

शनिबार, २६ चैत २०७८, २३ : २१
शनिबार, २६ चैत २०७८

१, बाबुआमाको सेवा र आज्ञा पालनभन्दा ठूलो धर्म अर्को हुँदैन । बरू सकिन्न र भ्याइन्न भने तीर्थ, ब्रत तथा यज्ञअनुष्ठान नगरे पनि हुन्छ तर बाबुआमाको सेवा भने गर्नै पर्छ । किनकि यी बिना ती सब निरर्थक हुन्छन् ।  महर्षि वाल्मीकि

२, सानो कुरामा पनि इमान्दार हुन सक्नुपर्छ, सिक्नुपर्छ । अन्यथा ठूलो कुरामा इमान्दार हुनै सकिन्न । किनकि इमान्दारीको जग भनेकै यस्तै कुरा हुन् । मदर टेरेसा

३, केही फरक कुरा गर्नु छ भने भीडबाटा टाडा हुनुपर्छ । भीडले साहस त दिन्छ तर आफ्नो परिचय हराउँछ । भीडकै भाषा बोल्न थालिन्छ, भीडकै आखाले हेर्न थालिन्छ र अन्ततः भीडमै हराउन पुगिन्छ । गुल्जार

४, ती व्यक्ति कहिल्यै असफल हुँदैनन्, जसको मृत्यु उद्देश्य प्राप्तिका लागि भएका छन् । भलै उनीहरू प्रत्यक्षरूपमा असफल जस्ता देखिएका हुसक्छन् तर परोक्षरूप विजय भने उनीहरूकै भइरहेको हुन्छ । वायरन

५, कसैले पनि अरूको सपना पूरा गर्दैनन् । यस्तो सपना देख्नु नै व्यर्थ छ । किनकि हरेक व्यक्ति आफ्नै भाग्य निर्माणमा लागेका हुन्छन्, आफ्नै भाग्य निर्माणमै फुर्सद छैन । जब अरूले सपना पूरा गर्नै सक्दैनन् भने त्यस्तो आशा गर्नु नै बेकार छ । ओशो

६, युद्ध गरेर हजारौँ व्यक्तिमाथि विजय पाउनुभन्दा आफ्नै मनमाथि विजय पाउने प्रयास गर्नु उत्तर हो । युद्धले व्यक्तिमाथि विजय त गराउँछ तर मनमाथि भने विजय भएको हुँदैन, जसले गर्दा अन्ततः अशान्ति नै हातलागी भइरहेको हुन्छ । धम्मपद

७, भोलिको दिनमा हुने उपलब्धिको बाटोमा एउटा मात्र तगारो छ, त्यो हो आजको आशङ्का । आशङ्का आशङ्का नै, जो हमेशा द्विविधामा टिकेको हुन्छ । जब मनमा द्विविधा हुन्छ तब कुनै पनि काम सफलता पूर्वक गर्न सकिन्न र यही नै उपलब्धिको बाधक बन्न पुगिरहेको हुन्छ । फ्रेडरिक डी रुजबेल्ट

८, काममा व्यस्त हुने मासिनसँग आँसु झार्ने फुर्सद नै हुँदैन । रुने काम त्यस्तो मानिसले गर्छ, जसले काममा अल्छी गरेर भाग्यले ठग्यो भन्दै चिच्याउने गर्छ । आचार्य चाणक्य

९, असत्यसितको लडाईँमा सत्य सदा एक्लो पर्छ । किनकि भीडजति सबै असत्यको पछि लागेको हुन्छ । गीता

१०, जब हामी आफ्नो दोषतर्फ ध्यान दिन थाल्छौँ तब मात्र आफ्ना कमजोरी थाहा पाउन सक्छौँ । डेबिट एम्ब्रोज

११, आध्यात्मिक उपलब्धिको मूल आधार भनेकै क्षमा हो । जब क्षमा धर्मको उदय हुन्छ तब सारा संसार आफैँ जस्तो गालिरहेको हुन्छ । सत्यसाइ बाबा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप