औरही गाउँपालिकाकी उपाध्यक्ष सीता यादव काँग्रेसमा प्रवेश
आइतबार, २७ चैत २०७८, १० : ३०
जनता समाजवादी पार्टीबाट सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष निर्वाचित भएकी सीता यादव पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् । काँग्रेस जिल्ला सभापति रामचन्द्र यादवले गाउँपालिका उपाध्यक्ष यादवलाई फूलमाला र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित उनले केहिदिन अगाडि पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् । उनीसहित जसपा र अन्य पार्टीका दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसले उपाध्यक्षकै उम्मेदवार बनाउने पक्का भएपछि उनी पार्टी प्रवेश गरेको बुझिएको छ । जसपाले टिकट नदिने भएपछि उनले पार्टी छाडेकी स्रोतले जनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण