बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा वृद्धाको मृत्यु

आइतबार, २७ चैत २०७८, १० : ५९
आइतबार, २७ चैत २०७८

तनहुँको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकी छिन् । 

हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा पछाडी सवार उनी घाइते भएकी थिइन् ।  उपचारको लागि जिल्ला अस्पताल दमौलीमा पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप