अर्थमन्त्री भन्छन् : अर्थतन्त्रमा ठूलो संकट आएको होइन, प्रचारबाजी ठीक छैन
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले तथ्याङ्क र अवस्थाले नै देशको अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको उल्लेख गरेका हुन् ।
‘जसरी यहाँ ठूलो संकट आयो, अब यो देश के के न हुन्छ भनेर जो गरिएको छ : तथ्याङ्क र अहिलेको हाम्रो अवस्थाले पनि के देखाउँछ भने हाम्रो अर्थतन्त्रमा कुनै ठूलो संकट आएको छैन,’ शर्माले भने, ‘अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ । राजनीतिकरण गर्नुहुँदैन ।’
आर्थिक मामिलामा राजनीतिकरण गर्दै देश, व्यवसायी र जनतालाई हतोत्साही बनाउने खालको प्रचारबाजी नगर्न पनि अर्थमन्त्री शर्माले आग्रह गरेका छन् । विगत १० वर्षको ट्रेण्ड र विश्वभरिको ट्रेण्ड हेर्दा पनि अहिले ठूलो संकटमा गयो भनेर गरिएको प्रचार उपयुक्त नभएको उनको भनाइ छ । यद्यपि, अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सतर्क हुनुपर्ने भन्दै शर्माले आफूहरू त्यसतर्फ गम्भीरतापूर्वक लागेको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
