काठमाडौंको असनबाट भन्सार छलेर ल्याएको सामानसहित दुई जना पक्राउ

नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाडौँ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौँ महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
उक्त कपडा अग्रवालले काठमाडौँ महानगरपालिका–२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पत्रकार हत्या र मिडियामाथिको आक्रमणका विषयमा उच्चस्तरीय स्वतन्त्र छानबिन गर्न माग
-
योगेशको विकल्पमा मञ्जु : समस्या सल्टियो कि बल्झियो ?
-
उपभोक्ता सुरक्षाको विषय पेचिलो बन्दै, सुरक्षामा सम्पूर्ण निकाय एकजुट हुनुपर्नेमा जोड
-
लागूऔषध सहित प्याराग्लाइडिङ, प्रहरीले गर्यो छड्के चेक
-
पशुपतिको बालुवा उत्खननमा ४६ करोड भ्रष्टाचार (पूर्णपाठ)
-
भत्केको पुलमाथि फोटो खिचाएर फर्कियो भौतिकमन्त्री दाहालको टोली