सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

युद्धमा महिलामाथि भएका हिंसाबारे छानबिन गर्न राष्ट्रसंघको माग

मङ्गलबार, २९ चैत २०७८, १२ : १८
मङ्गलबार, २९ चैत २०७८

राष्ट्रसंघले युक्रेनमा महिलाविरुद्ध भइरहेका हिंसा छानविन गर्न आह्वान गरेको छ । युक्रेनमा रुसी हिंसा रोक्न तथा  बालबालिकाहरूको रक्षा गर्न राष्ट्रसंघका उच्च अधिकारीहरूले आह्वान गरेका हुन् । ‘यो युद्ध अब रोकिनुपर्छ’ लैंगिक समानता र महिला सशक्तिकरणका लागि राष्ट्रसंघकी निर्देशक सिमा बाहोउसले सुरक्षा परिषदको बैठकमा भनिन् । 

युक्रेनमा रुसी सेनाले महिलालाई बलात्कार गरेका विवरणहरू सार्वजनिक भइरहेका बेला राष्ट्रसंघले महिलाहिंसा छानविनका लागि आह्वान गरेको हो । केही साताअघि एक रुसी सेनाले युक्रेनी पुरुषको हत्या गरेर उनकी श्रीमतिलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो । 

‘हामीले बलात्कार र यौन हिंसाका घटनाहरू बढ्दो रूपमा सुनिरहेका छौँ ।  न्याय र जवाफदेहिता सुनिश्चित गर्न यी आरोपहरूको स्वतन्त्र रूपमा छानबिन हुनुपर्छ ’, उनले भनिन् । ​युक्रेनी नागरिलाई रुसी सेनाले पाशविक व्यवहार गरेको हालै युद्धग्रस्त क्षेत्रको यात्रा गरेर फर्किएकी बाहौसले बताइन् । युद्धमा भएका हिंसा र गैर नागरिकको हत्या छानविन गर्न रुस सहमत हुन्छ वा हुँदैन भन्नेबारेमा प्रष्ट भइसकेको छैन् । 

रुसले सोमबार सुरक्षा परिषदका सदस्यहरूले लगाएका आरोपहरू फेरि अस्वीकार गरेको छ । रुसी हमलाको जोखिममा सबैभन्दा बढी बालबालिका र महिलाहरू परेको राष्ट्रसंघीय बाल कोष यूनिसेफले जनाएको छ । युद्धका कारण लाखौँ बालबालिकाहरू युक्रेनबाट आन्तरिक र बाह्य रूपमा विस्थापित भएका छन् । त्यस्तै, लाखौँ बालबालिका पर्याप्त खानाबाट बन्चित भएको पनि यूनिसेफको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप