जुम्लामा जिप दुर्घटना १० घाइते
मङ्गलबार, २९ चैत २०७८, १७ : ०९
जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे १ ज १२२० नम्बरको जिप दुर्घटना हुँदा सबै १० जना यात्रु घाइते भएको बताए ।
घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गरिएको छ । ‘अहिले घाइतेको उद्धार भइरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट एम्बुलेन्स घाइते ल्याउन गइरहेको छ,ु डीएसपी चन्दले भने ।
तीव्र गतिमा आएको भ्यान सिधै सडकबाट खोलामा खसेको स्थानीय लोकबहादुर दमाईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण