बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

१५ वर्षीया नाबालिग किशोरी करणी आरोपमा एक जना पक्राउ

मङ्गलबार, २९ चैत २०७८, २२ : ००
मङ्गलबार, २९ चैत २०७८

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-४ फरहदवाका २२ वर्षीय आदेश पटेल रहेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

आइतबार साढे १० बजे राति बालिकालाई उनकै घरनजिकको गोठमा दाउरा लिन गएको बेला जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप