भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
बुधबार, ३० चैत २०७८, ११ : २६
भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ कावा खोलामा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका २० वर्षीय जेबि राई रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर गएराती १० बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो ।
ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी माने भञ्ज्याङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार